‘इजलासमा बसेर न्याय देउ, होइन भने राजीनामा देउ’
काठमाडौँ । सर्वोच्च अदालतमा न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको भन्दै स्वतन्त्र विद्यार्थीको एक समुहले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको र न्यायपालिकामा गुटबन्दी सिर्जना भएकोले विरोधस्वरुप स्वतन्त्र विद्यार्थीको एक समुहले माइतीघर मण्डलामा सडक नाटक प्रस्तुत गरेका हुन् । प्रदर्शनकारीले हड्तालकारी न्यायाधीसलाई जनताले घिसारेर इजलासमा लैजानसपर्ट लेखिएको ब्यानर बोकेर प्रदर्शन गरेका हुन । उनीहरुले इजलास बहिष्कार गर्न नहुने भन्दै विभिन्न प्लेकार्डहरू समेत प्रदर्शन गरेका थिए । प्रदर्शनमा मुद्धा सुनुवाई गर्न छोडेर इजलास बन्द गर्ने कस्तो नैतिकता ? स्वतन्त्रता ?, न्यायमूर्तिका रुपमा स्थापित सम्माननीय न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ? हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला तर न्यायपालिका होइन, न्यायपालिका माथिको हस्तक्षेप बन्द गर, सबै खाले गुटबन्दीको अन्त्य गर, न्यायाधीशज्यूहरुबाट थप पढ्नुहोस् ...


