नयाँ ढाँचामा प्रारम्भ भयो इजरायली चलचित्र महोत्सव
नेपाल र इजरायलबीचको जनस्तरको सम्बन्धलाई कला– संस्कृतिको माध्यमबाट समेत प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा तीनदिने इजरायली चलचित्र महोत्सव नयाँ ढाँचामा शुरु भएको छ । कोभिड महामारी मत्थर नभइसकेकाले आफ्नै सवारीसाधनमा बसेर चलचित्रको आनन्द लिन पारखीहरूलाई यहाँस्थित इजरायली दूतावासले १३ औँ संस्करणको महोत्सव‘ड्राइभ इन फिल्म सोज्’ढाँचामा प्रस्तुत गरेको हो । एफएम रेडियो जडित सवारीसाधनमा बसेर सोल्टी होटलको सवारी बिसौनीमा ९०.६ मेघाहर्जमा ‘ट्युन’ गरेपछि विशाल पटाङ्गिनीको ठूलो पर्दामा दृश्य हेर्दै आवाज सुन्दै महोत्सवको मजा लिन सकिनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महोत्सवको आज साँझ उद्घाटन गर्दै इजरायली चलचित्र निर्माता तथा लगानीकर्तालाई नेपालको मनोहर दृश्य र सौन्दर्यको छायाङ्कन गर्न आह्वान गर्नुभयो । विदेशी चलचित्र निर्माताहरूलाई छायाङ्कनका लागि नेपालमा आकर्षित गर्न आफ्नो मन्त्रालयले सूचना तथा सञ्चार प्रविधि र अर्थ मन्त्रालयसँग सिनेमा बनाउनेहरूलाई थप पढ्नुहोस् ...


