आयोगमा

नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गरायो

काठमाडौँ । नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले आज निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको हो । एमालेले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरेको हो । एमालेको दल दर्ता नं ३२ रहेको जनाइएको छ । महासचिव पोखरेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गरे । उनले स्थानीय तहको निर्वाचनको तयारीका लागि नै एमालेले अहिले देशभरि नै निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरिरहेको जानकारी पनि दिए । उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७८, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार