आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण
भोजपुर । यहाँ पछिल्लो समय आयुर्वेद स्वास्थ्य उपचारमा बिरामीको अकर्षण बढेको छ । रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाएसँगै बिरामीको यसप्रति आकर्षण बढेको हो । खास गरेर आयुर्वेदिक उपचारमा मानिसहरुको कमै ध्यान जाने गरेको भए पनि यहाँ भने उपचारमा स्थानीयवासीको चाप बढेको छ । दैनिक रुपमा सय जनासम्म बिरामी आयुर्वेदिक उपचार गराउन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । बिरामीको सुविधालाई ध्यानमा राख्दै विभिन्न स्वास्थ्य उपकरणसमेत जडान गरिएको छ । उपचारमा आउने बिरामीलाई विभिन्न आयुर्वेदिक औषधिको प्रयोगसँगै उपकरणको सहायताले सेकताप गर्दै रोगअनुसारको उपचार पद्धति अपनाइएको कार्यालयको भनाइ छ । आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको आकर्षण बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख मनोजकुमार मण्डलले बताए । उनले भने, “यहाँ पछिल्लो समयमा आएर थप पढ्नुहोस् ...


