आप्रवासीको

सन् २०२२ को पहिलो छ महिनामा फ्रान्स हुँदै बेलायत जाने आप्रवासी उच्च

पेरिस । साना डुङ्गाहरूमा फ्रान्सबाट इङ्लिस च्यानल पार गर्न खोज्ने आप्रवासीको सङ्ख्यामा यो बर्ष उच्च वृद्धि देखिएको फ्रान्सले बताएको छ । सन् २०२२ को पहिलो छ महिनामा यो मार्ग प्रयोग गर्न खोज्ने आप्रवासी शरणार्थी सङ्ख्या ६८ प्रतिशतले वृद्धि भएको फ्रान्सेली आन्तरिकमामिला मन्त्रालयले सोमबार जनाएको छ । बेलायतले आगमनमा कडाइ गर्न खोजेरहेको भएपनि उक्त च्यानल प्रयोग गर्ने आप्रवासीको सङ्ख्या उल्लेख्य रूपमा बढेको हो । जनवरी १ देखि जून १३ सम्म उक्त च्यानलको प्रयोग गर्न २० हजार १३२ जनाको ७७७ समूहले प्रयास गरेको जनाइएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६८ प्रतिशतले वृद्धि भएको मन्त्रालय स्रोतले एएफपीलाई बतायो । यद्यपि फ्रान्सेली सुरक्षा बलले तीमध्ये ६० प्रतिशत भन्दा बढीलाई पार गर्न रोकेको थियो । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ६ असार २०७९, सोमबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार