आलुखेतीमा आत्मनिर्भरउन्मुख व्यास
तनहुँ । तनहुँको व्यास नगरपालिका आलुखेतीमा आत्मनिर्भरउन्मुख हुँदै गएको छ । नगरपालिकाका १४ वडामध्ये अधिकांश क्षेत्रमा आलुखेती राम्रो हुने गरेकाले आत्मनिर्भर बन्न सक्ने हैसियतमा पुगेको हो । आलुखेतीको लागि व्यासका पाँदेखि १२ नम्बर वडामा धेरै परिमाणमा आलुखेती हुने गरेको नगरपालिका कृषि शाखाका प्रमुख अधिकृत विश्वराज वाग्लेले जानकारी दिए । गत वर्ष ३६ मेट्रिक टन आलुको बीउ किसानलाई ५० प्रतिशत अनुदानमा दिँदा झण्डै दुई सय ५२ मेट्रिक टन आलु उत्पादन भएको उनले बताए । प्रतिकिलो रु ७५ को आलु रु ३७.५० मा किसानलाई अनुदानमा दिइएको हो । नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा रु १२ लाखको आलुको बीउ वितरण गरिएको हो । आलु उत्पादनका लागि कार्यालयले प्रोत्साहनमूलक कार्यक्रम ल्याएपछि किसान उत्साहित भएर लागेको शाखा प्रमुख वाग्लेले जानकारी दिए । भदौमा आलुखेती गर्ने थप पढ्नुहोस् ...