अस्पताल खोटाङ

खोटाङमा शल्यक्रियामार्फत प्रसूति सेवा पुनः सञ्चालनमा

खोटाङ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा एक महिनापश्चात पुनः सञ्चालनमा आइएको छ । एनेस्थेसिया (शल्यक्रिय गर्दा बिरामीलाई बेहोस बनाउने)कर्मचारी बिरामी भएपछि गत भदौ २६ गते बन्द भएको शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अस्पतालले अर्को कर्मचारी व्यवस्थापन गरेर असोज २७ गतेबाट पुनः सञ्चालनमा ल्याएको हो । कर्मचारी अभावमा शल्यक्रिया सेवा बन्द भएको सार्वजनिक सूचना अस्पतालले प्रकाशन गरे पनि आकस्मिकरूपमा आएका बिरामीको भने उपचार गर्दै आएको जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले बताए । अवरुद्ध शल्यक्रिया सेवा महिना दिनपछि पुनः नियमितरूपमा सञ्चालनमा आएपछि सेवाग्राही लाभान्वित भएका छन् । “जिल्ला अस्पतालमा एनेस्थेसियाका एक जनामात्र कर्मचारी रहेको र उनको दुर्घटनामा खुट्टा भाँचिएर बिदामा बसेकाले शल्यक्रिया सेवा बन्द गरिएको थियो”, राईले भने । दश स्थानीय तह थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २८ आश्विन २०७९, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार