अविरल वर्षाले देउखुरी डुबानमा, क्षतिको विवरण संकलन गर्दै नगरपालिका
देउखुरी । लगातार परेको अविरल वर्षाका कारण देउखुरीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका धेरै ठाउँमा वर्षाले बढी असर गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो । वर्षाका कारण लमही, अमिलिया, गढवा, राप्ती, कक्रहवा, राजपुर, वनकट्टा, राताकाँस, फलकापुर लगायतको क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका दाङका प्रमुख विरबहादुर वलिले जानकारी दिए । यता लमही नगरपालिका वातावरण सरसफाइ तथा विपद् व्यवस्थापन शाखाले क्षतिको विवरण संकलन सुरु गरेको शाखा प्रमुख गायत्री थापाले बताइन । अहिलेसम्म मानवीय क्षति भएको छैन, अन्य क्षतिको विवरण सङ्कलन गरिहेका छौँ, उनले भनिन । यसैगरी बिहीबार तीनदिन देखि अविरल वर्षातका कारणका पूर्वपश्चिम महेन्द्र राजमार्गको लमही ९ तिलकन्या सोता पहिरोले सडक अवरुद्ध भएको थियो। उक्त सडक थप पढ्नुहोस् ...

