पहिरो पन्छाउने काम तीव्र गतिमा हुँदै
जुम्ला । गएको असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले कर्णाली राजमार्ग पूर्णरुपमा क्षति भएको छ । माथिल्लो कर्णालीवासीको सबैभन्दा सहज माध्यम भनेको कर्णाली राजमार्ग हो । यही राजमार्ग भएर देशका विभिन्न स्थनमा कर्णालीका बासिन्दा पुग्ने गरेका छन् । अहिले बाढी पहिराले राजमार्ग ठप्प हुँदा यहाँका नागरिकलाई सास्ती भएको छ । स्थानीय प्रशासन, स्थानीय तह र सडक डिभिजन कार्यालयका प्रतिनिधि राजमार्गको पहिरो हटाउन रातदिन सडकमै रहेर तीव्र गतिमा काम गरिरहेको कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए। कर्णाली राजमार्ग पूर्णरुपमा खुल्न अब २६ किलोमिटर मात्र बाँकी रहेको छ । जुम्ला–सुर्खेत सडकखण्डको दुई सय ३२ किलोमिटरमध्ये २६ किलोमिटर कालिकोटको शेराबाडादेखि नाग्मसम्म पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । अविरल वर्षाको बाढीपहिराले कर्णाली राजमार्ग छेदविच्छेद भएको थियो । पहिरो थप पढ्नुहोस् ...





