अवरुद्ध

पहिरोले गोरखा–आँबुखैरनी सडकखण्ड अवरुद्ध

गोरखा । लगातारको वर्षाका कारण गएको पहिरोले आज मध्यान्हदेखि गोरखा–आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने गोरखा नगरपालिका–१४ स्थित तीनकिलो नजिकै घुम्तीमा माथिबाट सडकमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिनुभयो “माथिबाट पहिरो खसेर दुईतर्फ नै सडक अवरुद्ध भएको छ”, उनले भने, “पहिरो पन्छाउन प्रयास भइरहेको भए पनि पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको छ ।” पहिरोसँगै ठूलो रुखसमेत खस्ने अवस्थामा रहेकाले पन्छ्याउन जोखिम रहेको खनालले जानकारी दिए । गत वर्ष पनि सोही ठाउँमा पहिरो खस्ने गरेको थियो । पहिरोका कारण गोरखा सदरमुकामबाट छुट्ने र आँबुखैरेनी नाका हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधान रोकिएको खनालले बताए । अवरुद्ध सडक खुलाउनका लागि सडक डिभिजन कार्यालयसँगको समन्वयमा काम भइरहेको उनको भनाइ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १७ श्रावण २०७९, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार