भक्ततपुर–धुलिखेल सडक विस्तारको प्रक्रिया थालियो
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार गर्न प्रक्रिया थालिएको छ । यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर)थालेको छ । आयोजनाले डिपीआरसँगै सडकको डिजाइनसमेत गरिरहेको जनाएको छ । उसले डिपीआर र सडकको डिजाइनको काम सम्पन्न भएलगत्तै बोलपत्रको तयारी गर्ने भएको हो । आयोजनाले सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि यही साउन पहिलो साता राजमार्ग छेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरिसकेको छ । सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि ‘कन्सल्ट्यान्ट हायर’ गरी डिपिआर थालिएको आयोजनाका डिभिजन इञ्जिनियर शम्भुप्रसाद आचार्यले जानकारी दिए । “सडकको डिजाइनको काम भइरहेको छ, डिपिआर र डिजाइनको काम सकेलगत्तै बोलपत्रको प्रक्रियामा जानेछौँ”, उनले भने । उनका अनुसार सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि चालु आर्थिक वर्षमा रु ७० करोड बजेट विनियोजन भएको थप पढ्नुहोस् ...

