२ लाख बढीको अबैध समान सशस्त्र प्रहरीको नियन्त्रणमा
रबिन्द्र यादव,नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा २ लाख २० हजार मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार प्रतापपुर गाउँपालिका वडा नं. ५ गण्डक नहर पश्चिम स्थित दशगजा नजिकै नेपालबाट भारततर्फ जादै गरेको युपी ५६ अल २८०६ र बिआर ०६ सीई ७४१९ नम्बरको भारतीय मोटरसाईकलमा सवार ब्यक्तीहरु मोटरसाईकल छाडी भागेकोले उक्त मोटरसाईकलहरुलाई थप चेकजाँच गरेको थियो । उक्त मोटरसाईकलको डिक्कीबाट करिब १ लाख २० हजार बराबरको आईटिएल कम्पनीको चाइनिज १५० थान मोबाईल र १ लाख बराबरको २ वटा मोटरसाईकल सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक संतोष खरेलको नेतृत्वमा खटिएको गस्तीटोलीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीको टोलीलाई देखे पछि उक्त मोबाईल र मोटरसाईल मानिसहरुले छोडी भागेका सशस्त्र प्रहरीबल नेपाल न.२६ गण नवलपरासीका सुचना थप पढ्नुहोस् ...

