सात स्थानीय तह र ७७ वडामा अधिवेशन सम्पन्न
जाजकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जाजरकोटले सात वटै पालिका र ७७ वटै वडामा अबिधेशन सम्पन्न गरेको छ । सम्पन्न अबिधेशनबाट पालिका र वडा अध्यक्षहरु सर्वसहमत चयन गर्नुको साथै पालिका र वडा कमिटीहरु गठन गरेको छ । पार्टी केन्द्रको नीति तथा कार्यक्रम अनुसार जिल्लाका सात वटै पालिका र ७७ वटै वडा अधिवेशन सम्पन्न गरिएको हो । देश संघीय संरचनामा गएपछि नेकपा (एमाले), जाजरकोटले पहिलो पटक नगर तथा गाउँ अधिवेशन सम्पन्न गरेको हो । सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको नेकपा एमाले जाजरकोटले जनाएको छ । नेकपा (एमाले), जाजरकोटले दिएको जानकारी अनुसार हालै सम्पन्न अबिधेशनहरुले भेरी नगर कमिटि अध्यक्षमा गौरी बहादुर कार्की, नलगाड नगर कमिटी अध्यक्षमा जनक बहादुर शाही र छेडागाड नगर कमिटी अध्यक्ष गणेश बहादुर थापालाई सर्वसहमत चयन गरेका छन् थप पढ्नुहोस् ...


