‘राष्ट्रिय सामाजिक जागरण’ अभियान संचालन गर्ने मन्त्री गुरुङको घोषणा
काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बढ्दो महिला हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुन नदिन सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान नै संचालन गर्ने घोषणा गर्नु भएको छ । मन्त्री गुरुङले पाँच वर्षीया बालिका समेत बलात्कार हुने गरेको घटनाले लज्जाबोध गराएको उल्लेख गर्दै त्यस्ता जघन्य अपराधिक घटना हुनै नदिन राष्ट्रिय सामाजिक जागरण अभियान संचालन गर्ने सोच अघि सारिएको पनि स्पष्ट पार्नु भयो । बिहीबार ‘कोभिड–१९ निर्देशक समिति’ को भर्चुअल बैठकमा बोल्दै उहाँले सामाजिक अपराधका घटनाको न्याय सम्पादनमा ढिलाई हुन नदिन, अनुसन्धानमा प्रहरीको कामलाई प्रभावकारी बनाउने विषयमा पनि अन्तर मन्त्रालयबीच सघन छलफल भईरहेको बताउनु भयो । त्यस्ता अपराधिक घटना हुन नदिन स्थानीय जनप्रतिनिधिहरु र नागरिक समाजका अगुवाहरुलाई पनि परिचालन गरेर अघि बढने मन्त्री गुरुङको भनाई थियो । मन्त्री थप पढ्नुहोस् ...











