अन्नपूर्ण पदमार्ग सुनसान बन्दा व्यवसायी निराश
लमजुङ । विश्व पर्यटन बजारमध्ये एक मानिने चक्रीय अन्नपूर्ण पदमार्ग यतिबेला सुनसान भएसँगै पर्यटन व्यवसायी निराश बन्न थालेका छन् । केहीहप्ता अघिसम्म दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेकामा बर्खा सुरु भएयता ह्वात्तै पर्यटक घटेर पदमार्ग सुनसान बन्दा पर्यटन व्यवसायी निराश बन्न थालेका हुन् । कोरोना सङ्क्रमण र चिसो मौसमपश्चात् फष्टाउन थालेको पर्यटन क्षेत्र पुनः बर्खाले थला पारेको छ । विदेशी पर्यटक यतिबेला एक दुई दिन बिराएर दुई चार जना मात्र आउने गरेको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० पर्यटक जाँच केन्द्रले जनाएको छ । यस पदमार्गमा पर्ने मर्स्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले भने,“केही समय अघिसम्म पर्यटकको चलपहल हुँदा दैनिक रु ३०र४० हजारभन्दा बढी आम्दानी हुने गरेपनि यतिबेला पर्यटक नआउँदा दुई चार पैसा देख्न पनि मुस्किल हुन थालेको थप पढ्नुहोस् ...






