नेपालको हवाई क्षेत्रमा अन्तर्राष्टिय समुदायको किन बढ्यो चासो
काठमाडौँ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को अडिट प्रतिवेदनमा नेपालले हवाई सुरक्षा परिपालनादर विश्वव्यापीभन्दा माथि अर्थात् ७० दशमलव एक प्रति प्राप्त गरेको छ । आइकाओले यसैवर्ष नेपालमा गरेको हवाई सुरक्षा अडिटको अन्तिम प्रतिवेदन हालै नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको थियो । नेपालले प्राप्त गरेको यो स्कोर ग्लोबल एभरेजभन्दा माथि हो । एशिया प्रशान्त क्षेत्रको भन्दा अगाडि छ । प्राधिकरणका अनुसार एशिया प्रशान्त क्षेत्रको उड्डयन सुरक्षादर ६४ दशमलव पाँच र विश्वव्यापी सुरक्षादर ६७ प्रतिशत रहेको छ । मुलुकको हवाई क्षेत्रमा प्राप्त यो उपलब्धिप्रति अन्तर्राष्ट्रिय समुदायको चासो र सद्भाव बढेको छ । पछिल्ला दिनमा बहुर्राष्ट्रिय निकायले हवाई सुरक्षाबारे अध्ययन तथा अडिट गरेका छन् । यसले मुलुकको समग्र हवाई सुरक्षा प्रणालीप्रति विश्वको ध्यान खिचेको र नेपालको हवाई सुरक्षा राम्रो थप पढ्नुहोस् ...

