देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम केन्द्रीय सरकारको नजरमा परेको छ : खेलकुद मन्त्री गहतराज
देउखुरी । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान लमहीको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले निरिक्षण गर्नुभएको छ । सोमबार मन्त्री गहतराजले क्रिकेट मैदानको स्थलगत निरिक्षण गर्नुभएको हो । मैदानको निरिक्षण गर्दै मन्त्री गहतराजले देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई केन्द्रबाट सहयोग गर्ने बताएको छ । उनले अवको मैदान निर्माणकार्य केन्द्र सरकारले विशेष प्राथमिकताका साथ ध्यान दिने बताए । उनले भने। अब यस मैदानमा केन्द्रको नजर पनि परिसकेको छ । लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी सागरले यश मैदानलाई विशेष प्राथमिकतामा राखेर काम गर्न अनुरोध गर्नुभएको छ । यस्तै नेकपा(माओवादी केन्द्र) का युवा नेता बसन्त शर्मा विक्रान्त, देउखुरी क्रिकेट क्लवका अध्यक्ष शोभाराम पौडेल, लमही नगर विकास समितिका इञ्जिनियर तुलसीराम अर्याल, दाङ क्रिकेट संघका उपाध्यक्ष किशोर घर्ती, दाङ जिल्ला खेलकुद परिषद् प्रदेश थप पढ्नुहोस् ...

