कांग्रेसको चितवन जिल्ला अधिवेशन
चितवन । नेपाल कांग्रेस चितवनको जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ ।अधिवेशनअन्तर्गत हुने निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाका पक्षबाट बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ तथा शेखर कोइरालाका पक्षबाट डा सूर्यकान्त घिमिरे, उत्तम जोशी, विजय भुषाल र राजेश्वर खनालले सभापतिमा प्रतिस्पर्धा गर्दै छन । यसैगरी कैलाश कोइरालाले साझा उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी भएको जिकिर गर्दै आएका छन । उनीहरुबिच सहमति गराउन बुधबारदेखि नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी जुटिरहनु भएको छ । जिल्लाका नेता र उम्मेदवारलाई समूहगत र एकल भेट्दै आएका केसीले पहिलो चरणमा मिल्ने सम्भावना कम रहेको बताए । उनले भने, “पहिलो चरणमा साथीहरु मिल्ने देखिएन, दोस्रो चरणमा आफ्ना समूहका उम्मेदवारलाई सहयोग गर्ने वातावरण बनेको छ ।” आज मनोनयनसँगै शुक्रबार निर्वाचन हुँदैछ । पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत कुनै उम्मेदवारले थप पढ्नुहोस् ...