अख्तियार

भ्रष्टाचार गरेको अभियोगमा खुलालविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले घुससहित पक्राउ परेका सिनियर प्लम्बर गणेशबहादुर खुलालविरुद्ध आज विशेष अदालतमा मद्दा दर्ता गरेको छ ।   काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महाङ्कालचौर शाखामा कार्यरत खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले गत साउन ३१ गते रु पाँच हजारसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग घुस माग गरेको पुष्टि हुन आएको भन्दै आज मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । आयोगले खुलालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० मा उल्लेख भए अनुसारको कसुर भएकाले बिगो रु पाँच हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार अधिकतम सजायको मागदाबी गरेको छ ।   उज्यालो नेटवर्कका अन्य थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २९ भाद्र २०७९, बुधबार

खोज्नुहोस्

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार