इन्द्रावतीका बयलकोटिलाई सिन्धु ड्रागन ग्रुपद्वारा आर्थिक सहयोग वितरण
दिपक न्यौपाने, सिन्धुपाल्चोक । उपचारका लागि हस्पिटलमा लैजान एम्बुलेन्स भाडा समेत नभएका बिरामीलाई हस्पिटलसम्म लानका लागि सिन्धु ड्रागन ग्रुपले बयलकोटिलाइ रु दश हजार आर्थिक सहयोग गरेको छ । इन्द्रावती-८ गहतेका दिलकुमार बयलकोटी जण्डिस र फोक्सोमा पानी जमेको कारण गम्भीर बिरामी भएपछि हस्पिटल लान र उपचार गर्न समेत अभाव भएको स्थानीय समाजसेवी एबम छिमेकी मान बहादुर बयलकोटिले सिन्धु ड्रागन ग्रुपलाइ गुनासो पोखेका थिए । उक्त आर्थिक रकम हस्तान्तरण गर्दै सिन्धु ड्रागन ग्रुपमा सदस्य प्रताप सिङ तामाङले उज्यालो नेटवर्कसँग भने-"हामी निरन्तर सामाजिक अभियानमै छौ तत्काल ठूलो रकम सहयोग गर्न नसकिए पनि हामी बयलकोटिको स्वास्थ उपचारको लागि सहयोग निरन्तरता दिने नै छौ।" सिन्धु ड्रागन ग्रुपले यस अघि पनि इन्द्रावतीको विभिन्न स्थानहरुमा अति बिपन्न घर परिवार खाद्यान्न राहत बितरण गरेको थियो। थप पढ्नुहोस् ...



