प्रदेश खबर

सिन्धुपाल्चोकमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक

मेलम्ची । सिन्धुपाल्चोकमा बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन रोक लगाइएको छ । कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम हुने भन्दै बाहिरी जिल्लाबाट आउने तरकारी र फलफूल ल्याउन रोक लगाएको हो । आयातमा रोक लगाएसँगै जिल्ला भित्रने नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । स्थानीयरूपमै उत्पादन गरिएका तरकारी तथा फलफूललाई बजारमा ल्याउने र समन्वयका लागि स्थानीय तहलाई जिम्मा दिने निर्णय गरिएको ढकालले बताए । ‘हामीले अन्य जिल्लाबाट आउने तरकारी फलफूलको आयात मात्रै रोकेका हौँ, जिल्लामा उत्पादन भएका बिक्रीवितरण गर्न पाइन्छ’ उनले भने, ‘जिल्लामै उत्पादन भएका तरकारी फलफूलले पुग्छ ।’ बाहिरबाट आउने तरकारी आयातमा रोक्दा जिल्लामा अभाव नहुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, सिन्धुपाल्चोकका वरिष्ठ कृषि अधिकृत प्रकाश पौडेलले बताए । ‘सामान्यतया थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २ जेष्ठ २०७७, शुक्रबार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार