२ नं. प्रदेश

ट्रयाक परीक्षणका क्रममा धनुषामा रेलले किच्यो खसीबाख्रा

गणेश कुमार ठाकुर, सिरहा । बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाकको सफल परीक्षण गरिएको छ । आइतबार भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर दूरीमा प्रतिघण्टा १२० किलोमिटर प्रतिघण्टाको रफ्तारमा भारतीय रेल सञ्चालन गरिएको हो । पूर्वसूचनासहित ट्रयाक परीक्षण गरिएको भए पनि स्थानीयवासीले रेलवे ट्रयाकमै चौपाया बाँधेका कारण रेलले किचेर चौपायाको मृत्यु भएको छ । रेलले किचेर धनुषाको महुवास्थित रेल्वे लिकमा चरिचरण गरिरहेका एक खसी र एक बाख्राको मृत्यु भएको हो । रेल सञ्चालनको पूर्वतयारीको शिलशिलामा रेल्वे ट्रयाकको स्पिड टेस्ट र सर्टिफिकेसन गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गरिएको हो । महाप्रबन्धक भट्टराईले ट्रयाकको स्थितिबारे जानकारी लिन आज स्पिड टेस्ट गरिएको बताए । उनले भने, ‘यो थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ३ श्रावण २०७८, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार