‘काख्रे’ अहिलेका युवा पूस्ताको कथा हो : कथाकार एंव नायक ऋतुराज पाख्रिन
काठमाडौँ । तामाङ भाषाको चलचित्र 'काख्रे' का कथाकार एंव नायक ऋतुराज पाख्रिनले 'काख्रे' चलचित्र अहिलेका युवा पुस्ताको कथा रहेको बताएका छन । उज्यालो नेटवर्कको विषेश कार्यक्रम सिने गफमा उनले यस्तो बताएका हुन । 'काख्रेले तामाङ फिल्मको धार परिवर्तन गर्नेछ । यो विशुद्ध अहिला युवा पुस्ताको कथा हो । भोगाइ हो ।' उनले भने । चलचित्र आगामी असार १८ गते शनिबार दिउँसो १ः०० बजे राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन गरिने भएको छ । ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रलाई रोशन फ्युवा तामाङले निर्देशन, कथाकार तथा नायक ऋतुराज पाख्रिनको कथा रहेको छ । उक्त चलचित्रको निर्माता प्रबल थिङ रहेको छ भने सह निर्माता शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेका छन । उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न थप पढ्नुहोस् ...


