तेमालमा वडा अध्यक्ष कपको फाइनलमा बृहत साँस्कृतिक कार्यक्रम तय
काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिका–२ मा सोनाम ल्होछार २०८२ तथा ‘तेस्रो वडा अध्यक्ष कप–२०८२’ खुला फुटबल प्रतियोगिताको अवसरमा खेलकुद र संस्कृतिको भव्य संगम हुने भएको छ। लामाखोर समाज तेमाल–२ को आयोजनामा तथा तेमाल गाउँपालिका–२ नं. वडा कार्यालयको प्रायोजनमा कार्यक्रम सञ्चालन हुन लागेको हो। पौष ३० गतेदेखि सुरु हुने ‘तेस्रो वडा अध्यक्ष कप–२०८२’ खुला फुटबल प्रतियोगिता खेलकुदको विकास, युवालाई सक्रिय बनाउने तथा आपसी सद्भाव र भाइचारा मजबुत बनाउने उद्देश्यले आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले पौष २७ गतेसम्म टिम दर्ता गर्न सक्नेछन्। प्रतियोगितामा प्रथम हुने टिमले रु. १,२५,००० नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो, तेस्रो र चौथो हुने टिमलाई क्रमशः रु. ७५,०००, रु. ५०,००० र रु. २५,००० नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट थप पढ्नुहोस् ...













