Live Program

‘दिउँसै लालटिन बाल्यौं है, संसद् विघटनको धारा खै ?’ भन्दै अनेरास्ववियूको प्रदर्शन

काठमाडौं । नेकपा(प्रचण्ड–नेपाल) समूहको विद्यार्थी संगठन अनेरास्ववियूले लाल्टिन बालेर प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरेको छ । अनेरास्ववियूले बुधबार काठमाडौंको माइतिघर मण्डलबाट लाल्टिन बालेर प्रधानमन्त्री ओलीको कदमप्रति विरोध गर्दै बानेश्वरसम्म ¥यालि प्रदर्शन गरेको थियो । अनेरास्ववियूले आजबाट देशभर विभिन्न आन्दोलनको कार्यक्रम संचालन गरेको छ । प्रदर्शनमा सहभागीहरुले ‘दिउँसै लालटिन बाल्यौं है, संसद् विघटनको धारा खै ?, ‘बयलगाडा कहाँ छ, अनेरास्ववियू यहाँ छ’, ‘अनेरास्ववियू जिन्दावाद, प्रतिगमन मुर्दावाद’ , ‘प्रतिगमनका मन्त्रीहरु होसियार’ लगायतका नारा तथा ब्यानरसमेत प्रदर्शन गरेका थिए । रन्जित तामाङले नेतृत्व गरेको अनेरास्ववियुले बुधबार माइतीघर मण्डलमा प्रधानमन्त्रीले दिउँसै रात पारेको भन्दै उज्यालोको खोजीमा लालटिन जलाउनुपरेको विद्यार्थीहरूले बताएका छन् । अनेरास्ववियुले सरकारको पछिल्लो कदमविरुद्ध हिजो (मंगलबार) मात्र दोस्रो चरणको आन्दोलनको घोषणा गरेको थियो । प्रदर्शनमा अनेरास्ववियूका सह–संयोजक रन्जित तामाङ, नेता सुरेन्द्र बस्नेत लगायतका थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २२ पुष २०७७, बुधबार

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार