मेडिकल कलेजले तिरेन सरकारी अस्पतालको करोडौँ रुपैयाँ भाडा
चितवन । सरकारी अस्पतालको जग्गा भाडामा लिएको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले करोडौँ रुपैयाँ पुग्दासमेत रकम तिर्न आनाकानी गरेको छ । भरतपुर अस्पताललाई तिर्नुपर्ने रु तीन करोड बढी रकम नतिरेको हो । अस्पतालका लेखा अधिकृत हरि लम्सालका अनुसार हालसम्म रु तीन करोड आठ लाख २५ हजार ९२५ कलेजले तिर्न बाँकी रहेको छ । महालेखा परीक्षकको कार्यालयले स्वास्थ्य विभागमार्फत कलेजबाट उठाउन बाँकी रहेको उक्त रकम असुली गर्न आफूहरुलाई ताकेता गरिरहेको उहाँले बताउनुभयो । विसं २०६२ मा सम्झौता हुँदा प्रतिबिघा वर्षको रु एक लाख, प्रतिवर्ष थप सहयोग रु १५ लाख र हरेक वर्ष सो रकमको १० प्रतिशतले वृद्धि हुने भनी सम्झौता गरिएको छ । कलेजले नौ बिघा जग्गा भाडामा लिएको छ । नियमित भाडा रु नौ लाख थप पढ्नुहोस् ...













