लालिगुराँस खानाले हट्दछ यी रोग !
काठमाडौँ । राष्ट्रिय फूल लालिगुराँसको औषधीय गुणबारे जानकारी । — यसको फूललाई सुकाएर धुलो पारेर बन्द भाँडोमा राख्ने र उक्त फूलको १/१ चम्चा धुलोलाई मिश्रीपानी वा दूधसँग खानाले स्वर बसेको ठीक हुन्छ । यसले आमाशायमा पनि लाभ पुर्याउँछ । — यसले रगत सफा राख्छ र जण्डिस रोग पनि ठीक गर्छ । — गुराँसको बोक्राको धुलोलाई २/३ चम्चा नियमित मिलाएर ५/६ पटक सेवन गर्नाले पेटका सम्पूर्ण रोगहरु निर्मुल गराउँछ । — यसको फूलको रस वा धुलोलाई मिश्री पानीमा मिलाएर सेवन गर्नाले रक्तअल्पता, आमवात, मधुमेहलाई ठिक गर्दछ । साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट थप पढ्नुहोस् ...













