शहरी विकास मन्त्रालयले बनाउदैछ आठ वटा कोरोना खोप भडारण गृह
काठमाडौं । सरकारले ८ वटा स्थानमा कोरोना भाईरस (कोभिड-१९) विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिकएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवम् उचित व्यवस्थापन गर्नका लागि शहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक एक वटा तथा एउटा केन्द्रीय स्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो । प्रदेश नम्बर १ को राजधानी विराटनगरस्थित प्रदेश ल्याब बनाउने स्थानमा, प्रदेश नम्बर २ को जनकपुरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको परिसरमा, बागमती प्रदेशको राजधानी हेटौँडास्थितमा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको परिसरमा तथा गण्डकी प्रदेशको स्वास्थ्य कार्यालय कास्कीको परिसरमा भण्डारण गृह निर्माण गरिदैछ । त्यस्तै, लुम्बिनी प्रदेशको बुटबल उपमहानगरपालिका-१२, तामनगरमा, कर्णाली प्रदेशको सुर्खेतस्थित स्वास्थ्य निर्देशनालयको परिसरमा, सुदुरपश्चिम प्रदेशको धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रको परिसरमा भण्डारण गृह निर्माण हुँदैछ थप पढ्नुहोस् ...












