प्रविधि

फेसबुकमा २७ करोड ५० लाख अकाउन्ट नक्कली

साढे २ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुकमा २७ करोड ५० लाख अकाउन्ट नक्कली रहेको पाइएको छ । फेसबुकले सार्वजनिक गरेको सन् २०१९ को वार्षिक प्रतिवेदन अनुसार सन् २०१९ को डिसेम्बर सम्ममा फेसबुकमा २७ करोड ५० लाख डुप्लिकेट अकाउन्ट रहेका छन् । ‘डिसेम्बर ३१ सम्ममा हामीसँग २ अर्ब ५० करोड मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् । यो भनेको सन् २०१८ को डिसेम्बर ३१ भन्दा ८ प्रतिशतले बढी हो । सन् २०१८ को तुलनामा भारत, इण्डोनेसिया र फिलिपिन्समा फेसबुक प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ’, फेसबुकले आफ्नो प्रतिवेदनमा भनेको छ । रिपोर्ट अनुसार फेसबुकका मासिक सक्रिय प्रक्रियोकर्ताको ११ प्रतिशत डुप्लिकेट अकाउन्ट रहेका छन् । भियतनाम तथा फिलिपिन्सलगायतका विकासशील देशमा यस्ता डुप्लिकेट अकाउन्टको संख्या बढिरहेको फेसबुकले जनाएको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ८ फाल्गुन २०७६, बिहीबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार