शुक्लाफाँटा नगरपालिकामा इ–पेमेन्ट सेवा सञ्चालन
काठमाडौँ । शुक्लाफाँटा नगरपालिकाले आर्थिक प्रणालीलाई पारदर्शी र जफावदेही बनाउनका लागि इ–पेमेन्ट (इलेक्ट्रोनिक फन्ड ट्रान्सफर) सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा सुरु भएसँगै सेवाग्राहीलाई चेकका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सिधै सेवाग्राहीको बैंक खातामै पैसा स्थानान्तरण हुने भएकाले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । “ई–पेमेन्ट सेवा सुरु भएसँगै चेक काट्नुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य भएको छ,” उनले भने, “यसका माध्यमबाट सेवाग्राहीलाई छिटोछरितो रुपमा सेवा दिन सकिनेछ । यस कार्यले हिसाब मिलानमा समेत निकै सहज हुन्छ । समयको बचत हुन्छ । कर्मचारीको कार्यबोझ घटछ ।” सेवाग्राहीले पेस गरेका कागजपत्रका आधारमा भौचर उठाई सोही आधारमा खातामा नगद रकम स्थानान्तरण गरिने उनले उल्लेख गरे । आर्थिक कारोबारको डे क्लोजिङ हुने थप पढ्नुहोस् ...






