इन्डस्ट्रि फस्ट एचपिभी र भोटेल इन्टरनेशनलद्वारा बीवाइडी डल्फिन २०२५ नेपालमा सार्वजनिक
काठमाडौं, असार २२ –नेपालमा इलेक्ट्रिक सवारीसाधनको विकासलाई नयाँ उचाइमा पुर्याउँदै इन्डस्ट्रि फस्ट एचपिभी भोटेल इन्टरनेशनल प्रा.लि.ले चिनियाँ कम्पनी बीवाइडीको अत्याधुनिक इलेक्ट्रिक कार ‘बीवाइडी डल्फिन २०२५’ नेपालमा पहिलोपटक सार्वजनिक गरेको छ। बीवाइडी डल्फिनको यो नयाँ संस्करण ‘ओसियन एस्थेटिक डिजाइन’मा आधारित छ, जसले स्मार्ट प्रविधि, उच्च सुरक्षा, र वातावरणमैत्री मापदण्डलाई समेटेको छ। नेपालमा पहिलोपटक प्रस्तुत गरिएको डल्फिन २०२५ लाई उपभोक्ताहरूका लागि शून्य कार्बन उत्सर्जन र हरित प्रविधिमा आधारित भविष्यमुखी सवारी साधनको रूपमा प्रचार गरिएको छ। कम्पनीका अनुसार डल्फिन २०२५ मा ७० किलोवाट क्षमताको मोटर छ, जसले ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति ३ सेकेन्डमा पुर्याउन सक्छ। यस गाडीको एकपटकको पूर्ण चार्जले ४०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। साथै, ३० मिनेटमै ८० प्रतिशत चार्ज हुने सुविधा पनि छ। विशेष प्रविधि र विशेषताहरू ब्लेड ब्याट्री: थप पढ्नुहोस् ...













