अन्तर्वार्ता : युवा परिचालन गर्ने हाम्रो अभ्यास अरुले पनि सिकेः थमसरा पुन, अध्यक्ष धवलागिरि गापा
म्याग्दी । नेपालका ७५३ स्थानीय तह मध्ये १८ मा महिलाको नेतृत्व छ । तीमध्ये म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन एक हुनुहुन्छ । भौगोलिक रुपमा विकट धवलागिरि गाउँपालिका प्राकृतिक स्रोतसाधनका हिसाबले सम्भावना बोकेको स्थानीय तह हो । गाउँपालिकाले पूर्वाधार विकास र सामाजिक परिवर्तनमा जोड दिएको छ । गत असारको पहिराले क्षतिविक्षत बनाएको गाउँपालिकामा पहिरोपीडितको पुनःस्थापना, क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, विकास गतिविधि र सेवा प्रवाहका विषयमा केन्द्रित भएर अध्यक्ष पुनसँग राससका म्याग्दी प्रतिनिधि सन्तोष गौतमले गरेको कुराकानी । राससः गाउँपालिकाको वर्तमान स्थिति कस्तो छ ? पुनः कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि २०७६ चैत ११ गतेदेखि करीब तीन महिना गरिएको लकडाउन र त्रासले प्रभावित बनाएको जनजीवनलाई हाम्रो पालिकामा २०७७ असार २५ र २६ गतेको पहिराले थप पढ्नुहोस् ...









