डोरमणी पौडेलविरुद्धको अविश्वासको प्रस्ताव आजको बैठकमा टेबल नहुने
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध तयार भएको अविश्वासको प्रस्ताव आज टेबुल नहुने भएको छ । आज दिउँसो ३ बजेलाई डाकिएको बैठकमा उनीविरुद्धको अविश्वासको प्रस्तावको कार्यसूचि परेको छैन् । आजको बैठक सहज रुपमा अघि बढाउन दलहरु सहमत भएसँगै उनीविरुद्धको प्रस्ताव टेबल नहुने भएको हो । आजको बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य दिने बाहेक अरु कार्यसूची नराखिएको एक प्रदेशसभा सदस्यले जानकारी दिए । अविश्वास प्रस्ताव कसरी पेश गर्ने भन्ने विषयमा छलफल गर्न गठित नौ सदस्यीय कार्यदलको बैठक बुधबार बेलुका बसेर छलफल गर्ने बुझिएको छ । थप पढ्नुहोस् ...













