धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु
धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ । सडक निर्माण प्रक्रिया सुरु गरिएको झण्डै डेढ दशकपछि सो द्रुत मार्गको धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको हो । कालोपत्रका लागि खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का सम्झौता लिएको जनाइएको छ । धनगढीको पीपलचौतारादेखि स्याउलेभन्दा माथिसम्मको १३.४ किलोमिटर सडक कालोपत्र गर्नका लागि काम सुरु भएको धनगढी–दिपायल द्रुत मार्ग सडक आयोजना कार्यालयले जनाएको छ । धनगढी–दिपायल द्रुत मार्ग आयोजना कार्यालयका सबइन्जिनियर भोजराज रानाका अनुसार चालु आर्थिक वर्षमा धनगढीदेखि १३.४ किलोमिटर र दिपायलदेखि ९.५ किलोमिटर सडक कालोपत्र गर्ने सम्झौता भएको छ । स्याउलेदेखि दक्षिणतिर एक किलोमिटरसम्म दुवैतर्फ नालीसमेत निर्माण भइरहेको उनको भनाइ छ । ठेक्का सम्झौताअनुसार ३० महिनामा सो सडक खण्ड कालोपत्र थप पढ्नुहोस् ...