कोरोना प्रभावितको उद्दारमा एनआरएनए यूएईको आर्थिक चलखेल ! अध्यक्ष कोइराला किन मौन ?
काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट अझै विश्व उत्रन सकेको छैन् । विशेषगरी श्रमजीवि वर्गहरुहमा लामो समयको लकडाउन र त्यसबाट उत्पन्न समस्याहरु धेरै देखिए । अझ, वैदेशिक रोजगारीका लागि विदेसिएका नेपालीहरु यसको चरम चपेटामा परे । तर, आफ्नो रोजगारी धरापमा परेपछि बाध्य भएर नेपाल आउन परेका श्रमिकहरुको नाममा नै ठगि सुरु भएका हल्लाहरु कोरोना महामारी नसकिँदै सुरु भएका छन् । यतिबेला धेरै नेपालीहरु रहेको यूएईका नेपालीहरुको सामाजिक सञ्जालभरि नै ‘गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् यूएई’ माथि प्रश्न उठाएर विभिन्न टिकाटिप्पणी सुरु भएको छ । सामाजिक सञ्जालमा ठूलो रकम हिनामिना भएको विषय व्यापक चर्कँदैगर्दा सम्बन्धित पक्ष भने यसबारे मौनजस्तै देखिएको छ । समन्वय परिषद् यूएईका अध्यक्ष प्रकाश कोइरालाले आफूमाथि प्रश्नचिन्ह उठाउँदै गरिएका टिप्पणीप्रति कुनै जवाफ दिएका थप पढ्नुहोस् ...













