ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
नेपाल सरकारका पूर्व सचिव तथा ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालका अध्यक्ष खेमराज रेग्मीले बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले दोषीहरुमाथि विशेष अदालतमा मुद्दा दायर गरेकोमा खुशी व्यक्त गरेका छन् । अध्यक्ष रेग्मीले यस्तो बताएका हुन् । उनले भने,‘अख्तियारले हिजो जुन ललिता निवासको जग्गा प्रकरणमा मुद्दा दर्ता गरायो, यो राम्रो काम हो । हामी आयोगलाई धन्यवाद दिन्छौं ।’ उनले नेपालमा पेटी (प्रशासनभित्र) र ठूला भ्रष्टाचार हुने गरेको सुनाए । उनले भने,‘ठूला अर्थात ग्राण्ड भ्रष्टाचारलाई नीतिगत र पोलिटिसियन करप्सनको रुपमा पनि लिईन्छ । यसको लागि राजनीतिज्ञ, व्यवसायिक घराना र निजामती कर्मचारीका उच्चपदस्थ कर्मचारीहरुको मिलोमतो हुन्छ । बालुवाटार जग्गा प्रकरणमा पनि त्यही भएको हो ।’ उनले ललिता निवासको सरकारी जग्गा प्रकरणमा पनि तीनै तहको मिलोमतो देखिएको सुनाए । उनले भने,‘यो नेपालको ईतिहासमै सबैभन्दा थप पढ्नुहोस् ...













