किर्ते ‘केपी बा’ तर्क अनेकन गर्नुहोस् तर, संसद विघटन जनविरोधी कदम नै हो
एकजमानामा अमेरिकन राष्ट्रपति अब्राहम लिङ्कनले झण्डै १ सय ५० वर्ष अगाडि भनेका थिए लोकतन्त्र भनेको ‘जनताको निम्ति जनताद्वारा जनताले निर्माण गरेको सरकार हो ।’ आज तिनै अब्राहम लिङ्कन भौतिक रुपमा यो दुनियाँमा त छैनन्, तर उहाँले व्यक्त गरेको त्यो लोकतन्त्रको परिभाषा आजसम्म जिउँदै छ । र भविष्यमा पनि मानव सभ्यता रहेसम्म कालजयी भएर त्यो पङ्क्ती रहिरहेने छ । किनभने त्यो बखत अमेरिका चरम जातीय( प्रजातीय विभेद, गरिबी, बेरोजगार अनि पछौटेपनले उकुसमुकुस भएको थियो । अमेरिकन जनताको तिर्खाएकोआँतलाई न्याय र समानताले मेटाउन सकेको थिएन । त्यसकारण, जनताको मर्न लागेको विश्वासलाई भित्रबाट नै हौसला अनि आशाको उर्जा भर्नका लागि उहाँले अब ‘जनताको सरकारको युग’ प्रारम्भ भयो भन्ने उदघोस त्यो बेला गरेका थिए । र, संसार भरिका बादसाह अनि शासकलाई जनताको तागतले सत्ताबाट थप पढ्नुहोस् ...












