मायादेवी गाउँपालिकामा जग्गाधनी प्रमाणपूर्जा वितरण
भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर १ अन्तर्गत साविक खुदावगर १ ‘क’ को कित्ता नम्बर १९४ र १९६ सुरवल गाउँ ब्लकको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ । नापी कार्यालय रुपन्देही ३ नम्बर नापी टोलीको प्राविधिक सहयोगमा जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले बताए । स्थानीयलाई शुक्रबार जग्गाधनी प्रमाणपूर्जा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष धु्रव नारायण चौधरीले वर्षौदेखि पूर्जाबिहीन नागरिकले अहिले पाएको बताए । उनले एकै पटक जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न नसकिए पनि यो कार्यलाई निरन्तरता दिदै जाने बताए । यस अघि पनि बेथरी, उचमी लगायतका गाउँब्लकमा जग्गाधनी प्रमाणपूर्जा वितरण गरिसकिएको अध्यक्ष चौधरीले बताए । गाउँपालिका उपाध्यक्ष तारादेवी यादवले जग्गाधनी प्रमाणपुर्जामा प्राविधिक सहयोग गर्ने नापी कार्यालयलाई धन्यवाद व्यक्त गरिन् । नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत अजित थप पढ्नुहोस् ...









