ओली नेतृत्वको सरकारले निर्वाचन गराउन सक्दैन : उपेन्द्र यादव
भैरहवा । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले निर्वाचन गराउन नसक्ने दावी गरेका छन् । उनले निर्वाचन गराउन संसद विघटन नगरिएको बताए । जसपा जिल्ला समन्वय समिति रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले लोकतन्त्रलाई समाप्त पार्ने र निरंकुश शासक बन्ने चाहनाले प्रधानमन्त्री ओलीले संसद विघटन गराएको आरोप लगाए । चुनाव भए पनि वा संसद पुनस्थार्पना भए पनि केपी ओली पतन हुने उनले दावी गरे । करिब दुईतिहाई बहुमत प्राप्त गरेको सरकारले चुनावको कुरा गरेर संसद विघटन गर्नु आफैमा आश्चर्यजनक विषय भएको उनले बताए । लोकतन्त्रलाई समाप्त पार्ने खेलमा लागेर सरकारले संसद विघटन गराएको उनले बताए । ‘संसद विघटन भए पछि सरकार कामचलाउ/चुनावी सरकार हुन्छ, थप पढ्नुहोस् ...