सूचना महामार्गको काममा ढिलाइ नगर्न सञ्चारमन्त्री गुरुङको निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देशभर अप्टिकल फाइबर (सूचना महामार्ग) बिच्छ्याउने कार्यलाई तोकिएको समयमा सम्पन्न गराइने बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालयमा आज निरीक्षणका क्रममा उहाँले देशैभर उच्च गतिको ब्रोडब्याड इन्टरनेको पहुँच पु¥याउँदै ‘डिजिटल नेपाल’को आधार तयार गर्ने लक्ष्यका साथ शुरु गरिएको सो परियोजनालाई निर्धारित समयमै सम्पन्न गर्न सरकारका तर्फबाट सहयोग गर्ने बताउनुभएको हो । तीन वटा प्याकेजमा विभाजन गरी निर्माण शुरु गरिएको उक्त परियोजनामध्ये प्रदेश १, २ र बामती तथा कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिच्छयाउने काम भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशमा फाइबर बिच्छ्याउने कार्य अगाडि बढ्न सकेको छैन । उक्त क्षेत्रमा फाइबर बिछ्याउने जिम्मेवारी पाएको युनाइटेड टेलिकमले सम्झौताअनुसार काम नगरेपछि प्रधिकरणले ठेक्का रद्द गरे पनि सर्वोच्च अदालतले ठेक्का रद्द गर्ने निर्णय कार्यान्वयन थप पढ्नुहोस् ...












