मर्दी हिमाल साहसिक पर्यटकीय गन्तव्य
गण्डकी । छोटो समयमा आरोहण गर्न सकिने मर्दी हिमाल साहसिक पर्यटन प्रवद्र्धनको महत्वपूर्ण गन्तव्य भएकामा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशद्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा भएको ‘मर्दी हिमाल आरोहण’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले पदयात्रासँगै हिमाल आरोहण पर्यटन प्रवद्र्धनको महत्वपूर्ण गन्तव्य भएको बताए । अन्तरक्रियामा सन् १९६१ मा पूर्वी मोहोडाबाट आरोहण गरेको पाँच हजार ५८७ मिटरको उचाइमा रहेको मर्दी हिमालको दक्षिणी पश्चिमी मोहोडाबाट आरोहणमा गएको सात सदस्यीय टोलीले पदयात्राका क्रममा देखिएका मानवीय अवस्था, रमणीयस्थल, वन्यजन्तु, चराचुरुङ्गी र आरोहणमा सम्भावना तथा चुनौतीका बारेमा सचित्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव रामकाजी श्रेष्ठले साहसिक पर्यटन प्रवद्र्धनमा मन्त्रालयका तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पोखरा पर्यटन परिषद्का कार्यवाहक थप पढ्नुहोस् ...












