भरतपुर महानगरको बजेट रु पाँच अर्ब ७४ करोड
चितवन । भरतपुर महानगरपालिकाको ११ औँ नगरसभामा रु पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरकोे बजेट पेश गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा आन्तरिक आय रु एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त रु ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट रु ३७ करोड, बैंक मौज्दात रु एक अर्ब ३० करोड, मर्मतसम्भार कोषबाट रु चार करोड, सडक बोर्ड नेपालबाट रु तीन करोड र जिल्ला समन्वय समिति चितवनबाट रु तीन करोड रहने प्रक्षेपण गरिएको छ । चालु आर्थिक वर्षका लागि गत वर्ष बजेट प्रस्तुत हुँदा रु चार अर्ब ८४ करोड रहेको थप पढ्नुहोस् ...











