नयाँ वर्षको सुरुवातमै नयाँ सरकार बन्छ : नेता यादव
काठमाडौँ । कांग्रेसका नेता महेन्द्र यादवले नयाँ वर्षको सुरुवातमै नयाँ सरकार बन्ने दाबी गरेका छन । रिपोटर्स क्लब नेपालले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा नयाँ वर्षको सुरुवातमै नयाँ सरकार गठनका लागि बिभिन्न दलसंग सकारात्मक वार्ता भइरहेको बताएका हुन । उनले अहिले सरकारको विकल्प खोज्ने विषयमा आफ्नो पार्टी स्पष्ट रहेको बताए । नेता यादवले आफ्नो पार्टी अहिलेपनि महाधिवेशनमा केन्द्रित रहेको सुनाउँदै सभापति शेरबहादुर देउवाले सरकार गठनमा त्यति चासो नदेखाएको हुनसक्ने तर्क गरे । उनले ओली नेतृत्वको सरकारलाई प्रतिगमनकारी भन्दै तत्काल सरकारलाई विदाई गर्नुपर्नेमा जोड दिए । त्यस्तै नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन यथाशक्य चाँडो फिर्ता लिने स्पष्ट पारे । आफूहरु वर्तमान सरकारलाई विस्थापित गर्ने कुरामा स्पष्ट भैसकेको उनको भनाई छ । जनता समाजवादी थप पढ्नुहोस् ...












