मन्त्री श्रेष्ठद्वारा निर्माणाधीन संसद भवन र आवास गृहको अवलोकन
काठमाडौँ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सिंहदरबारभित्र निर्माणाधीन सङ्घीय संसद भवन र ललितपुरको भैँसेपाटीमा निर्माण भइरहेको सङ्घीय मन्त्री, प्रदेश मुख्यमन्त्री र प्रदेशप्रमुखको आवास भवन निर्माणको आज अवलोकन गर्नुभएको छ । मन्त्रालयअन्तर्गतका गौरवका आयोजना अवलोकन गर्ने क्रममा मन्त्री श्रेष्ठ आज ती स्थानमा पुग्नुभएको हो । सो अवसरमा मन्त्री श्रेष्ठले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिँदै भन्नुभयो, “गुणस्तरमा कुनै कमीकमजोरी नहुने गरी तोकिएकै समयमा निर्माण होस् । सरकारले आवश्यक जस्तोसुकै सहयोग गर्नेछ ।” सङ्घीय संसद भवन आयोजनाका प्रमुख प्रकृण तुलाधरले कोभिड १९ को सङ्क्रमणका कारण निर्माण सम्पन्न हुन केही ढिलो हुनसक्ने बताउनुभयो । शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाल सिंहले गुणस्तरमा कुनै सम्झौता नहुनेगरी योजना अघि बढिरहेको बताउनुभयो । प्रधानमन्त्री केपी ओलीको कार्यकालमा संसदको अन्तिम अधिवेशन बस्न मिल्नेगरी काम गर्न ठेकेदार थप पढ्नुहोस् ...











