‘रोजगारीका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण’
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का संस्थापक अध्यक्ष तथा शिक्षाविद् डा सुरेशराज शर्माले नेपालमा बेरोजगारी समस्या समाधानका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण भएको बताएका छन । सिटिइभिटीद्वारा आज राजधानीमा आयोजित एकदिने गोष्ठीमा डा शर्माले युवालाई गुणस्तरीय प्राविधिक शिक्षा दिई रोजगार प्रदान गर्नु आजको प्राथमिकता हुनुपर्छ भने । शिक्षालाई हेर्ने दृष्टिकोण पुनर्विचार गरिएन भने यसले विकास र समृद्धिमा टेवा नपुग्ने उनको जिकीर छ । “हामी कहाँ योजना बने पनि कार्यान्वयन पक्ष अत्यन्त कमजोर छ । त्यसैले योजना तयारीमै धेरै ध्यान दिनुपर्दछ”, उनको जोड छ । ‘समृद्धिका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको सुधार’ नामक गोष्ठीमा सिटिइभिटीका सदस्य सचिव डा पुष्पराज वाग्लेले आधारभूत, मध्यम र उच्चसीपयुक्त जनशक्ति उत्पादनमा सिटिइभिटी अहोरात्र खटिरहेको जानकारी दिए । “विज्ञ, नीति निर्माता, उद्योगी थप पढ्नुहोस् ...












