‘नो केन’ले सुनसान चिनी उद्योग
काठमाडौँ । माघ महिना उखु किसान र चिनी उद्योग दुवैका लागि अति व्यस्त समय मानिन्छ । उखु कटान र क्रसिङ (पेल्ने काम) ले भ्याइनभ्याइ हुनुपर्ने अहिले किसान र उद्योग दुवै क्षेत्र सुनसान जस्तै बनेका छन् । क्रमशः उखुखेती छाड्दै गएका किसान र ‘नो केन’ (उखु अभाव) ले चिनी उद्योग क्षेत्र सुनसान जस्तै बनेको हो । चिनी उद्योगमा चाहिँदो मात्राको उखु नपुग्नुलाई ‘नो केन’ भन्ने गरिन्छ । गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज अहिले यही अवस्था गुजारी रहेको छ । केही वर्ष पहिले मौसम (उखु पेलेर चिनी बनाउने बेला) मा ५८ लाख क्विन्टलसम्म उखु पेलेर कीर्तिमान बनाएको उद्योग अहिले उखुकै अभावमा एक÷दुई दिन बिराएर बन्द गर्नुपर्ने बनेको छ । क्रसिङ मौसमा विगतमा दैनिक २० घण्टासम्म चल्ने गरेको यो उद्योग थप पढ्नुहोस् ...











