उज्यालो प्रतिनिधि

सप्तरीको कञ्चनरुपमा दुर्घटनामा पैदल यात्रीको मृत्यु

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा दुर्घटनामा परी एक पैदल यात्रीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल यात्री हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ बस्ने ३६ वर्षीय इसराफिल अली रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स १ ह ८३८ नंको अटो रिक्साले उहाँलाई ठक्कर दिएको थियो । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १८ माघ २०७७, आईतवार

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार