राउटे बस्ती नै असुरक्षित
सुर्खेत । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका दुई जना युवतीलाई होटलमा लिएर यौन दुर्व्यवहार गरेको भिडियो शनिबार बाहिरियो । गुर्भाकोट नगरपालिकाका स्थानीय दुई तीन युवाले उनीहरुलाई होटलमा लिएर मदिरा खुवाई यौन दुर्व्यवहार गरेको भिडियो एकाएक सामाजिक सञ्जालमा भाइरल भयो । भिडियो सामाजिक संजालमा बाहिरिएको केही समयपछि प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, सामाजिक विकास मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशको समन्वयमा उनीहरु छिटै पक्राउ परे । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका–९ का ३५ वर्षका चमन घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा मगर र होटल सञ्चालक २९ वर्षका मिलन पुन छन् । उनीहरु माथि जबरजस्ती करणीमा जाहेरी दर्ता भएको छ । यसरी राउटे समुदायलाई आर्थिक प्रलोभन तथा मदिरा सेवन गर्न लगाएर उनीहरु माथि यौनदुर्व्यवहार भएको हो । उक्त भिडियो थप पढ्नुहोस् ...












