शिक्षण सिकाइको वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या
काठमाडौँ । कोरोना सङ्क्रमणको जोखिमका बीच विद्यालयले शुरु गरेको शिक्षण सिकाइको वैकल्पिक विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या भएको छ । विद्यालय पुगेर कक्षा कोठामा पढ्ने बानी परेका विद्यार्थी तोकिएको वैकल्पिक विधिको पहुँचमा पुग्न नसक्नुका साथै आवश्यक वातावरण पनि मिल्न नसक्दा सिकाइ विधिमा सबै विद्यार्थीलाई समेट्न समस्या देखिएको हो । अधिकांश विद्यालयले अनलाइन कक्षामार्फत शिक्षण सिकाइ गरिरहेकामा कतिपय विद्यालयले सामुदायिक शिक्षण सिकाइ (टोल शिक्षा) मार्फत पठनपाठन गरिरहेका छन् । केही विद्यालयले सीमित सङ्ख्यामा विद्यार्थीलाई विद्यालयमा बोलाएर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई शिक्षण सिकाइ गरिरहेका छन् । सरकारले जारी गरेको सिकाइ सहजीकरण निर्देशिकामा सिकाइका पाँचवटा वैकल्पिक विधि तोकिएको छ । वैकल्पिक विधिको पहुँचमा पुग्न नसक्ने विद्यार्थीको पढाइ सञ्चालन हुन नसकेपछि सम्बन्धित अभिभावक चिन्तित देखिनुभएको छ । धनगढीको एक बोर्डिङ स्कूलमा आफ्ना छोराछोरीलाई अध्ययन थप पढ्नुहोस् ...












