डोटीको सेटीगाउँका २०० घर पहिरोको जोखिममा, रातभर निदाउँदैनन् स्थानीय
डोटी । जिल्लाको पूर्वी क्षेत्रस्थित दिपायल सिलगढी नगरपालिका–८ सेटीगाउँ पहिरोको उच्च जोखिममा छ । गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका २०० घरपरिवार जोखिममा परेका छन् । केही दिन पहिलेको वर्षाका कारण पहिरो आउन थालेको स्थानीयवासी ७८ वर्षीया हरिना कडायतले जानकारी दिए । उनका अनुसार पहिरो अहिले पनि बेलाबेलामा आइरहेको छ । लगातार पहिरो आउन थालेपछि त्यहाँका नागरिकलाई सामान्य पानी पर्दासमेत गाउँ नै बग्ने डरले राति निद्रासमेत नपर्ने गरेको वडाध्यक्ष रामबहादुर खडकाले बताए । उनले भने, “पूरै गाउँको जमिनको भित्री भागम पानी फुट्न थालेको छ, राति ठूलो वर्षा भए पूरै गाउँ बग्ने चिन्तामा यहाँका नागरिकलाई निन्द्रासमेत पर्न छाडेको छ ।” गाउँमा लगातार पहिरो आउने क्रम बढे पनि त्यसको रोकथाम तथा नियन्त्रणका लागि कुनै पहल नभएको अर्की स्थानीयवासी जमुना थप पढ्नुहोस् ...