झापामा प्रहरीको गोली प्रहारबाट एक घाइते
काठमाडौं । झापा जिल्लाको झापा गाउँपालिका स्थित कुमरखोदमा लागूऔषध कारोबारी माथि प्रहरीले गोली प्रहार गर्दा एकजना घाइते भएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट गएको टोलीले सुराकीको आधारमा लागूऔषध कारोबारमा संलग्न अबदुल सरिफ मियालाई पक्राउ गर्न खोज्दा भागेपछि प्रहरीले ६ राउन्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ । मियाबाट करिब १३० ग्राम लागूऔषध बरामद गरेको छ भने घाइते मियालाई उपचारको लागि अस्पताल लगिएको छ । थप पढ्नुहोस् ...













