उज्यालो प्रतिनिधि

वाग्मती प्रदेशसभाको बैठक आज बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने

वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने सो सचिवालयले जनाएको हो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग गए राति छलफल गरी आज दिउँसो १ बजे बैठक बस्ने गरी सहमति भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन् । प्रदेशसभाको कार्यपरामर्श समितिको बैठकले हिजो बैठक बोलाउन सभामुखलाई मुख्यमन्त्री तथा सत्तारुढ दलका नेताहरुसँग सहमति गरेर ल्याउन भनिएअनुसार सभामुख श्रेष्ठले बैठक आह्वान गर्नुभएको सचिवालयका सचिव खड्काले जानकारी दिए । प्रदेशसभाको सातौँ अधिवेशन बैठक गत माघ ७ गते दिउँसो सञ्चालन भई विभिन्न दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरिसकेपछि सभामुख थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ९ माघ २०७७, शुक्रबार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार